
मुलुक प्राकृतिक प्रकोप बाढी र पहिरोको कारण संकटमा छ । अविरल परेको ठ्रलो बर्षा र यसले राजधानी लगायत बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली आदि जिल्लाहरु अत्यन्तै कठिन परिस्थितिमा छन् । गत विहिबार रातीदेखि परेको अविरल पानीले सैयौंको ज्यान लियो,कैयन वेपत्ता भए । घाइते उत्तिकै देखिए । धनजनको क्षतिको कुनै लेखाजोखा भएन् । सडक सञ्जाल पुरै विग्रियो । सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टप्रद बन्यो ।
यसअघि नै मौसम पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा भारी बर्षातको पूर्वानुमान सहित अलर्ट हुन भनेकै थियो । तर पनि राज्य चुक्यो । नागरिकको जीउ धनको सूरक्षा गर्नुपर्ने राज्य उद्धार र राहत समयमै गर्न नसकेर चुक्यो । राज्यका कुनैपनि निकायको भूमिका प्रभावकारी बन्न सकेन् ।
प्रधानमन्त्री केपी ओली आफ्नो पूर्वनिर्धारित कार्यक्रममा अमेरिका भएको बेला कार्यवाहक बनाइएका प्रधानमन्त्रीले केही ठोस निर्णय लिएर अघि बढ्लान भन्ने धेरैको अपेक्षा उनले पानी बनाए । हिम्मत गरेनन् । हो यो प्राकृतिक प्रकोप चाहेर रोक्न सकिदैन थियो । तर क्षति कम गराउन पहलकदमी लिन सकिन्थ्यो त्यसतर्फ अग्रसरता भएको देखिएन् । अन्त त कुरै छोडौं काठमाडौं,देशको राजधानीमै पनि नख्खु खोलाको टहरामाथि बसेर उद्धारको लागि चिच्याइरहेका व्यक्तिहरु्लाई सम्म राज्यले आफ्नो तर्फबाट उद्धार गर्न सकेन् । यो सर्वत्र आलोचनाको विषय थियो । लज्जाबोधको विषय थियो । प्रधानमन्त्री भ्रमण छोट्याएर पनि आउन सक्थे । त्यतातिर उनको पहल देखिएन । तर श्रोतहरुले बताए अनुसार उनले सबै निकायहरुमा निर्देशन दिएका थिए,समन्वय गरेका थिए । तथापी सरकार उदासिन देखियो । राम्रो समन्वयको अभाव महसुस सबैतिरबाट भयो ।
जे नहुन पर्ने भैसकेको छ । अब गोह्रीका आँसु चुहा्एर अर्थ छैन् । राज्यका सम्पूर्ण निकाय,सबै राजनीतिक दल,नागरिक समाज र सर्बसाधारण सबैले यो विपतमा ए्रकमना एकताका साथ उद्धारमा लागौं । राहतमा लागौं । अन्यथा,फेरी हामी हुनुको अर्थ हुने छैन् ।सत्तामा रहनुको काम हुने छैन् । दुनियाँसामु शीरनत गरेर प्रस्तुत हुनुपर्नेछ ।
त्यसैले सबैको ध्यान उद्धार र राहतमा केन्द्रित होस ।विस्थापित नागरिकहरुको पूर्नस्थापनामा ध्यान पुरर्याउँ ।









