
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु तत्काल सरकार ढाल्ने पक्षमा नभएको बताएका छन् ।
उनले सरकारका सय दिनको मूल्याँकन गर्दै खासै सरकारले केही गर्न नसकेको भन्दै आलोचना समेत गरे ।
उनले सरकार निर्माणको विधि र प्रकृयासँग असन्तुष्टी समेत ब्यक्त गरे ।
मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले उक्त धारणा व्यक्त गरेका हुन् । वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको उनले बताए । तत्कालै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनसाय नरहेको उनले स्पष्ट पारे ।
सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो – “यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्ने कुरा त मैले सुरुमा नै भनेको थिएँ,” उनले भने ।
उनले सरकारले जनताका निम्ति काम नगरेको बताए । सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको उनको भनाइ थियो ।


