काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दैछन्।
प्रधानमन्त्री ओलीले बुधबार दिँउसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार केपी नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी सरकारले यस बीचमा के-के कामको थालनी गर्यो भनेर जानकारी दिन लागिएको हो । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सत्तारूढ दलको बैठक बोलाइएको थियो।सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
केपी नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टी सहभागी छन्।


