
पाँचखाल,काभ्रे। पाँचखाल भ्याली संस्थागत विधालय अर्गनाइजेश (भिसो)को स्पोर्टस् मिटको पूर्व तयारीसम्पन्न भएको छ।
उक्त स्पोर्टस मिट अन्तर्गत कार्तिक ११ देखि १३ गतेसम्म पाँचखालस्थित रातमाटे फुटबल ग्राउण्डमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।
प्रतियोगितामा मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाका १७ भन्दा वढी संस्थागत विधालयहरूको सक्रिय सहभागिता रहने आयोजकले इखवर नेटलाई बताए ।




