
काठमाडौं । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । १० बजे बस्ने डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः सहमतिको प्रयास हुन लागेको हो ।
डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढी पुगेको सरकारी वार्ता टोलीले आइतबार बिहानदेखि वार्ता सुरु गरेको छ ।

