
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक गर्ने व्यक्ति संदिप सिंह रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले पुष्टि गरेका हुन् ।
पक्राउ परेका आरोपी सिंहविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए । घटनाबारे सीआईबीमातहत रहेको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
