
बाँसलाई वेणु पनि भनिन्छ, विणा बजाउन र मुचुरंकामा मधुर आवाज निकाल्न बाँस नैंकाम लाग्छ । बाँस के हो त भन्दा यो बाँसुरी हो – घाँसप्रजातिको यो वनस्पति रुखजस्तो अग्लो भएर पनि सोझो , सफा, खोक्रो, हलुका , कडा र अझ बलियो भएरपनि सजिलै फुटाउन बटार्न र बङ्ग्याउन बाँस वनस्पतिहरूमध्ये सबैभन्दा छिटोप्रत्येक २४ घण्टामा ४ मिटरसम्म बढ्न जाने भएकोले भविष्यमा हरियाली हेर्न पाउन, स्वच्छ हावा र स्वास-प्रश्वास पाउन, घर- फर्निचर बनाउन, वातावरण सुधार गर्न नभई नहुने वनस्पतिको वरदान हो । बाँस कुनै त भन्दा बलियो हुने हुनाले अझ एटम बमले सम्म नष्ट गर्न नसक्ने हुन्छ । बाँसको झ्याङ्ग एक वर्षमा १० देखि ३० प्रतिशतले बढ्दै जान्छ । जन्मदेखि मृत्युसम्म सबै वर्ग, प्रदेशलाई चाहिने वन्यजन्तु र पंछीलाई पनि उपयुक्त हुने वातावरणीय वनस्पति हो । संसारमा वनजंगलमा वृक्षहरू त गतिले कटानको मारले हराउँदै गइरहेको अवस्थामा बाँसलाई छिटो छिटो उमार्न सके रुखको आवश्यकता पूर्ति गर्न मदत पुरयाउन सक्दछ | रेशा गाँस बास र बतास प्रदान गर्न बाँस नै मानिसको नजिकको प्राकृतिक साथी हुन सक्दछ । घरेलू जन्तुहरूको लागि बाँसका पात ज्यादै उपयोगी हुन्छ । यसमा १८ प्रतिशतसम्म पौष्टिक तत्व हुन्छ भने तामा टुसामा २.६५ ग्राम प्रति सय ग्राममा पाइन्छ ।
बाँसलाई वंश, यवफल या महावल पनि भनिन्छ । थमस एडिशनले जापानको क्योटो शहरमा पाइएका एक बाँस प्रजातिबाट सबैभन्दा पहिला विजुलीको बल्ब बाल्ने तारमा बाँस प्रयोग गर्दा सफल भएका थिए । बाँसबाट हवाइजहाज बनाउन समेत वैज्ञानिकहरू सफल हुँदैछन् । टान्जानियामाबाँसको तामाबाट रक्सी बनाएर पिउने गरिन्छ जसले तिर्खा मेट्न पनि मदत गर्दछ । हाम्र छिमेकी सिक्किममा बाँसको बिउबाट बियर बनाएको छ भने नेपालमा भने जाड लोकप्रिय छ । बाँसको चामलबाट भात र खीर समेत नेपालको गाउँघरमा बनाएका छन् । बाँसबाट शिकार खेल्न धनुष बाण बनाउने र ऋषिमुनिहरूका आश्रम बाँसबाटै बनेका पुराणमा उल्लेख पाइन्छ भने जग्गे, होम गर्दा बाँस नै पवित्र मानिन्छ । बाँसको औषधीजन्य प्रयोग प्रशस्त भएको पाइन्छ त्यसैले शास्त्रमा निम्न पंक्ति उल्लेख छ शीत कषायो मधुरस्तु रुक्षो मेहमिश्लेष्म विषापहश्च । पुष्टिं च वीर्य च वलं च दन्ते पित्ता पहो वेणुयवः प्रशस्तः ॥ (रा.नि.) वंशजा बृंहणी वृश्या वल्या स्वादी च शीतला । तृष्णाकाराचवरश्वासक्षय पित्तास्रकामला: ॥ हरेत् कुष्ठ ब्रमं पाण्डंकाषायावातकृच्छचित ।
(भा.प्र.)
संसारमा बाँसका १५७३ प्रजातिपाइन्छ । यसका ९६ जाति रहेका छन् । चीनमा ५०० भन्दा बढी, जापानमा ३००,म्यानमारमा १००, मलेसियामा १००. इण्डोनेसियामा १३५ , भारतया ११७, कम्बोडियामा ७२, बंगलादेशमा र थाइल्याण्डमा ६० प्रजाति पाइन्छ | नेपालमास्वदेशी र बाह्रय गरेर ९२ प्रजाति अनुमान गरिएको छ | बाँसको प्रयोग ४०००देखि ५००० वर्ष पहिला चीनमा भएको थियो ।११ औ शताब्दिमा ने नंया वाण बनाउन थालिएको पाइन्छ। कौन डाइनाष्टी (बि.सी. रस-२०७१ मा वा कलम र जीन डाइनाष्टी (ए.डी. – ३१६) मा कागज बनाउन चालिएको इतिहास छ । सुशी ए.डी. १६० का एक साइ डाइनाष्टीका विद्वान थिए । उनले बॉसविता कुनै काम चलाउन नसकिने र खाना, घरको छाना, पानी पर्दा छाता, दाउरा, कपडा, कागज, जुत्ता बनाएको कुरा उल्लेख गरि बाँसको महत्व झल्काएका थिए । चीनमा २००० वर्ष अगाडी नूनको खानीमा इन्जिनिर्भर ङ्ग कार्यको लागि बाँस प्रयोग गरेका थिए । चीनको अध्ययन गर्न पुगेका एक बेलायती विद्वान जोसेफ लीका अनुसार बॉस सभ्यता नै पूर्वी एशियाको सभ्यता हो भन्न पुगे । नेपाल एशियाली महादेशमा हिमाली भूभाग ओगटेको एक अनुपम पर्वतीय खला जहाँ मौलिक वन वनस्पति, वन्यजन्तु विद्धमान भएको प्राकृतिक सम्पदाको बनी देश हो । यो देशको वनस्पति जडिबुटिको रुपमा विश्वमा जति प्रख्यात छ त्यति नै नेपालको बाँस सम्पदा मागमा छ भन्ने को व्यहोरा १९९८ मा चीनको कुमिन र सेचुवाङ्गवानामा बाँस सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा मलेशियाका वरिष्ठ वैज्ञानिक डा. रामानाथन रावले बोल्नु भएको कुरा ” उल्लेख गर्न चाहन्छु । वहाँ भन्नु हुन्छ, पूर्व उत्तर भारत, नेपालका हिमालय, बर्मा र दक्षिण पश्चिम भारत बाँस सम्पदाका धनी मुलुक हुन । उनी यो भन्दा पनि माथि के कुरा भन्न चुकेनन् भने नेपालमा ३००० देखि ४००० मिटर उचाइमा पाइने बाँसका प्रजातिहरू हिमाली क्षेत्रको विषम जलवायूमात्यहाँका वासिन्दाहरूको जीवन र वातावरणको लागि अहम महत्व राख्दछ । उहाँ नेपाल र चीनको भूभाग मिल्दो जुल्दो रहेको र बाँससहित अन्य वनस्पति एक आपसमा पनि मिल्दा जुल्दा रहेको बताउनु हुन्थ्यो । वास्तवमा उहाँ नेपालको हिमक्षेत्रमा रहेका बाँस प्रजातिबाट प्रभावित हुनुहुन्थ्यो र यी अनौठो प्रजातिको वातावरणसँ गको सम्बन्ध र हिमाली वासिन्दाको जीवनस्तर बारे अनेकौ प्रश्न आफूमा रहेको बताउनु हुन्थ्यो । भविष्यमा बाँस नै काठको विकल्पमा सोच्नु पर्ने आवश्यकता भइसकेको छ । वर्षेनी १.६ देखि २.१ प्रतिशतले मौलिक वनको विनाश हुँदै जानु तर जनसंख्या भने २.५ प्रतिशतले बढ्नु, अर्कोतिर तराईका काठहरू अति महङ्गा हुँदै चोरी बिक्री र जंगल कटानमा तिव्रता आउनु तर नयाँ रुख बिरुवा हुर्कन नसक्नु यसको कारण हो । विश्वको जलवायू परिवर्तनले तापक्रम बढ्दै जाँदा नेपालको वनजंगलको कटानले पनि प्रतिकूल प्रभाव पारेको कुरा नकार्न सकिदैन । विदेशबाट ल्याइएका छिटो बढ्ने बिरुवाले यो समस्यालाई समाधान गर्दैन बरु वन्यजन्तु, पंछी, कीट, सरिसृप, जडिबुटी, काई, लेउ र शुक्ष्ण जीवाणूहरूलाई नकरात्मक प्रभाव पार्दछ ।
गाउँ घरका यूवाहरू शहरीमूखी या मुङ्गलाङ्गमूखी बन्दै जानुमा रोजगारको अवसर नहुनु नै मुख्य हो । यस्तो गंभिर समस्यालाई बाँस व्यवसायबाट कम गर्न सकिन्छ । शीप र कला बाँसको वस्तुमा प्रशस्त हुन्छ, आवश्यक छ त जाँगर र उन्नतिशिल प्रविधिको । ग्रामीण शीपलाई मात्र पनि निरन्तरता दिएमा धन आर्जन गर्न कुनै कठिनाई हुँ दैन भने जापान, चीन र भारत जस्ता बाँस व्यवसायमा सरकारी स्तरबाटै प्रोत्शाहन पाएका मुलुकको प्रविधि नेपालको ग्रामीणक्षेत्रमा ल्याउन सके बाँस सुनमा परिवर्तन हुन जाने छ ।
नेपालका एक बाँस विज्ञ डा. अन्नपूर्णानन्द दाशका अनुसार अहिले पनि नेपालमा २०,००० को हाराहारीमा बाँसमाकाम गर्ने व्यक्ति हुन सक्ने अनुमान गर्नु हुन्छ । त्यसमा पनि तराईका डोम, महली, वतार, मोची, मुसर, कोचार र गुनार अनि पहाडी भेगका राई, लिम्बू, मगर, गुरुङ्ग, तामाङ्ग, दनुवार, थामी थरीका महिला, पुरुष सबै बाँस व्यवसायमा लागेको पाइन्छ । अझ केटाकेटीहरू पनि आ-आफ्ना अभिभावकहरूलाई तराई भेगमा बाँसका सामाग्रीहरू बनाउन सघाउन लागेका थुप्रै दृश्य देखिन्छ । यसै प्रसंगमा डा. रामानन्दले भन्नु भएको कुरा नेपालको मध्य पश्चिमाञ्चलको आछाम जिल्लामा पर्ने रामा रोसन-बडीमलीका क्षेत्रका ग्रामीण जनताहरू जंगलका निगालाका चोया बटुल्नमा व्यस्त भएको प्रशंगसँग मिल्दछ । त्यस भेगका साउथ, पडया, बडु, दानी, सकाली, रोकायाहरू प्रायः त्यस भेगकै दुर्लभ निगालो बटुल्न जाने गर्दा रहेछन् । रामा-रोशनका १२ तालहरूको वरपर गटा र चाक लेखमा पाइने निगालो विश्वकै दुर्लभ निगालोमा पर्दछ । यसो हेर्दा अति विपन्न जनताहरूको लागि बाँस आयआर्जनको एक महत्वपूर्ण टेवा हो ।
बाँस र वातावरणको सम्बन्ध घनिष्ट छ भन्ने तथ्य अरु रुखको तुलनामा बाँसले ३५ देखि ४६.२ प्रतिशत बढी प्राण वायू अक्शिजन उत्पादन गर्छ भन्ने तथ्यले पुष्टि गर्दछ । साथै बाँस लगाएको क्षेत्रमा अरु ठाउँ हेरि ३ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुन सक्दछ । सबै वन्यजन्तुलाई पनि बाँसले बास र गाँस दिन्छ अझ हिमाली भेगका पाण्डा, भालु बाँसको पात र टूसामा नै आश्रित हुन्छन् । भूक्षय कम गर्न बाँसजतिको सस्तो, भरपर्दो र छिटो अरु वृक्षबाट गर्न सकिन्न किनकी अति छिटो बढ्ने बाँसकाजराले जमिनलाई बलियो पकडमा राखि स्खलन हुन दिँदैन ।
बाँसलाई सौन्दर्यताको प्रतिक मानिन्छ । यद्यपी नेपाल र भारतमा बाँस रोप्न शुभ मानिन्न र आफ्नै देशका मौलिक प्रजाति घर आँगनमा रोप्न हुँदैन भन्ने अन्धविश्वास भएको देखिन्छ । तर आजकल विदेशी जातका फाइलोस्टाकिज, सासा, बाम्बूसा, लीओव्लाष्टस, सिनोअरुन्डीया प्रजातिहरू नेपालमा भित्रिएर महल, होटल, कार्केड, उद्यान र कोठामा सिंगारका आधार बनेका छन् । हाम्रा देशका निगाला, मालिंगो, पयङ्गहरू पनि अति राम्रा हुन्छन् तर अन्धविश्वासले गर्दा नै होला तिनीहरूले घर आँगन र बगैंचामा अझ प्रवेश पाएका छैन । जापानीहरू बाँस – निगालालाई सगुनको रुपमा घर र आँगनमा बारमा लगाउन शौखिन हुन्छन् ।
नेपालमा बाँस हेर्न को लागि महाराजगञ्जको बाँसबारी या डिल्लीबजारको बाँसघारी नै जानुपर्दछ तर इचङ्गु, ठीमी, स्वयम्भू, नगरकोट, बुढानिलकण्ठ जस्ता स्थान काठमाडौंमा छन् भने झापा, सुनसरी, मोरङ्ग, रौतहत, चितवन, कैलाली, बर्दियामा पनि जंगली बाँस प्रशस्त पाइन्छ । नेपालमा बाँसका उद्योगहरू हिमालयन व्याम्बो प्रोडक्ट्स प्रा.लि, यूनिक ब्याम्बो प्रोडक्सन प्रा.लि. जस्तो उद्योगहरू सफलतापूर्वक चल्दै आएका छन् ।
फिलिङ्गे बाँसमा अचम्मको फल
यस वर्ष तराई भेगमा सबैले अचम्ममानेको फल फलेको खबर छापा र लहरै बार जस्तो गरेर लगाउने गरिन्छ । दिने गर्दछ । फरक यति हो की यस्ता टेलिभिजनमा आयो । यो बाँसको फल धेरै बाँसहरू टाँसिएर गुच्छ भई उम्रने बाँसमा ३०-४० वर्षमा एकपल्ट फल लाग्दछ थियो । बाँसमा यस्तो अचम्मको फल कसरी भएकोले यसो गर्न सकिदैन तर यो बाँस जसले गर्दा यो फल हेर्न पाउनु भाग्य ठान्नु थियो यो र यसको उपयोगिता पनि छ कि, खेतबारीको छेउछाउमा लहरै लगाउँदा पनि यो कुनै शुभ अशुभ भविष्यको संकेत पो हो खेतबारीलाई खराब असर नपर्ने कृषकहरू ठान्दछन् । बाँसको अग्लाई १२ देखि १४ फिटसम्म हुन सक्ने र दही आकला हुने हुँदा गाउँघरमा दैनिक कामकाजमा यसको लोकप्रियता राम्रै छ । यसको गाँठे जरा पनि दुई मिटर लामो भई जमिनमा तेर्सिएर गाडी फैलिने गर्दछ । यो लहर लगाई फैलन सक्ने बाँसमध्येमा पहिलोमा पर्दछ र सुरिलो, दङ्गिलो र कागजको माडमा अति उच्च कोटीकोमा पर्दछ । यसको आँकला परेको काण्ड अरु बास्कोमा भन्दा लामो र सुरिलो चिप्लो हुने भई यसमा टाँसिएर रहने खोस्टा पनि लामो चिप्लो र बाक्लो भई सिरको भाग टुप्पी जस्तो लामो तर घुम्रिएको हुन्छ । सुरु सुरुमा सेतो रौंहरू भए तापनि समयसँगै सो हराउने कालान्तरमा दुई लहर जस्ता भिराउलो शिर हुन्छन् । आकलामा सानो मुना हुने र ४० वटासम्म एकै किसिमको मसिना हाँगाहरू गुच्छ भएर आउने हुनाले पहिचान गर्न सजिलो हुन्छ । पातको खोस्टामा पनि धारिलो पाता जस्तो अङ्गबाट पनि पहिचान गर्न सजिलो हुन्छ ।
बाँस आफैमा बलियो हुने हुँदा बाँसका सामाग्री बनाउन राम्रो हुन्छ । त्यसैले झापा, रौतहट र पाल्पामा पाइने फिलिङ्गे बाँस वातावरणीय पक्ष र व्यवसायिक कार्यको लागि एक उपयोगी बाँसको प्रजाति हो र यसको संरक्षण गर्नु पर्दछ ।
यो फिलिङ्गे बाँसको मूल उत्पत्तिस्थल बंगलादेश मानिन्छ । यसका पाँच प्रजाति छन् भने अरु पाँच प्रकारका बाँसले पनि ठूला फल दिने गर्छ । ति बासका भिन्ना भिन्नै समयकालमा फूल फुलि फल लाग्ने गर्दछ । नेपालमा ति अन्य प्रजाति भएको नभएको खोज गर्न बाँकी नै छ । कुनै पनि बाँसले कसैलाई हानी नोक्सानी गर्दैन बरु यी प्रजाति गरिबका साथी, वातावरणलाई सन्तुलनमा ल्याउने सबैका सहयोगी, जन्म देखि मृत्युसम्म साथ दिने प्रकृतिको अनमोल उपहार हुन् ।







