
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । \
नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उपाध्यक्षमा टीका बन्धन विजयी भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका थिए।
२ सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी बने । महिला र २ जना सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।








