काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ।
सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
त्यस्तै देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे
काठमाडौं ।सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।







