sf7df8f}F, & r}tM
5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f
sf7df8f}FFsf] tf/s]Zj/ gu/kflnsf!) l:yt dgd}h'df cfh lbpF;f] k/]sf] kfgLdf 5ftf cf]9]/ uGtJotkm{ hfFb} ;j{;fwf/0f . tl:a/M xl//fd e]6'jfn÷/f;;
काठमााडौँ । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति कोसी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएका छ । हिमाली भूभागका केही स्थानमा तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागका अनुसार देशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।


