
काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले आगामी २ वर्षको लागि केन्द्रीय कार्यसमितिमा पुन कृष्णप्रसाद भण्डारी मार्सेली अध्यक्षमा सर्वसम्मत भएका छन् । मार्सेलीको नेतृत्वमा क्रमश उपाध्यक्ष शुसिला कुमारी दवाडी सुवेदी र राजेन्द्र कुमार घिमिरे,महासचिवमा चिन्तामणि पराजुली सर्वसम्मत भए ।
यसैगरी सचिवमा शान्ता घिमिरे र बद्री विशाल घिमिरे चयन भए । केशवप्रसाद चौलागाई कोषाध्यक्षमा सर्वसम्मत हुँदा सदस्यहरु क्रमश मुरारी वस्ती,प्रेमप्रसाद घिमिरे,मोहन काजी न्यौपाने,यज्ञ शर्मा र निलकण्ठ तिवारी सर्वसम्मत चयन भए । सर्वसम्मतिमा लक्ष्मण थापा र मणिकुमार अर्याललाई सदस्यमा मनोनयन गरियो ।
सभामा आयोजकको तर्फबाट आर्थिक तथा प्रगतिप्रतिवेदन पेश गरिए ।
अधिवेशनले नेपालीहरुका सानाठूला चाडपर्वको पूर्व सन्ध्यामा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको बाटोको अवरोधले दैनिक अत्यावश्यक वस्तुको आपूर्ती श्रृङ्खलामा असर परी वस्तु र सेवाको आपूर्तिमा असहज परिस्थिति उत्पन्न भई कालोबजारी र कृत्रिम अभाव जस्ता अनुचित व्यापारीक क्रियाकलाप हुनसक्ने हुँदा नेपाल सरकारलाई प्रभावकारी नियमन र वस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्थापनका लागि अनुरोध गर्ने प्रस्ताव पास गरेको छ ।
अधिवेशन पछि जारी घोषणापत्रमा भनिएको छ,’ हालै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण धनजनको ठूलो क्षति भएकोमा उपभोक्ता जागरण हभियान(नेपालका सवै सदस्यहरु मर्माहत र दुःखी भएका छौँ । यस दुःखद घटनामा दिवंगत हुनुभएका सम्पूर्ण नागरिकरउपभोक्ताप्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तब्ध परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथसाथै भीषण बाढीका कारण प्रभावित नदीकिनारा स्थित वस्तिहरुका नागरिकहरुको लागि राहात, उद्धार तथा पुनर्स्थापनामा सिघ्राती सिघ्र काम हुन सकोस भनि नेपाल सरकारसँग हार्दिक अनुरोध गर्दै उपभोक्ता जागरण अभियान(नेपालले पनि जागरुक उपभोक्ता र जिम्मेबार बिक्रेता अभियान मार्फत निजीक्षेत्रका व्यवसायी, उपभोक्ता र नियामक सरकारी निकायका बीचमा समन्वय गरी सचेतनामूलक कार्यक्रम गरेर सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।’
