
काठमाडौं ।हेम-सरिता पाठक फाउन्डेसनले आज फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको भ्रष्टाचार विरुद्धको गीत “भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको सार्वजनिक गर्यो ।
सो म्युजिक भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरे ।
कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए । साथै गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअगि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए ।
आइप्लेक्स मल, मध्यबानेश्वर, काठमाडौँमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वय लीला गड्तौला र मदनकृष्ण श्रेष्ठ, विशेष अतिथिहरु रविन्द्र मिश्र र प्रा.डा.सुरेन्द्र के.सी.अध्यक्ष सरिता पाठक र कलाकार किरण के. सी.ले आआफ्नो मन्तव्य राखेका थिए ।

देश” म्युजिक भिडियोकी गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बी बी अनुरागी लगायत म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आर. के.मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन के.सी. को उपस्थिति रहेको थियो ।



