
काठमाडौं । यूईएफए नेसन्स लिग–ए को खेलमा जर्मनीले हंगेरीविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन जर्मनीका पाँच फरक खेलाडीले गोल गरे । जर्मनीबाट निक्लास फुलक्रुग, जमल मुसियाला, फ्लोरियन विर्ट्ज, एलेसान्डर पाभ्लोभिच र काई हाभार्ट्जले गोल गरे ।
लिग–ए का समूह ‘३’ मा रहेको जर्मनी तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै पराजित हंगेरी भने तालिकाको अन्तिममा छ । यो समूहमा जर्मनी र हंगेरीसँगै नेदरल्यान्ड्स र बोस्निया एन्ड हर्जगोभिना छन् ।

