काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन स्थगित भएको छ ।
आगामी भदौ १९ गते सम्मेलन थाइल्याण्डको बैंककमा आयोजना गर्ने अन्तिम तयारी भइरहेका बेला स्थगित गरिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार बिम्स्टेकको सचिवालयबाट सम्मेलन स्थगित भएको सूचना प्राप्त भएको छ ।
प्रत्येक दुई दुई बर्षमा हुने उक्त बैठक थाइल्यान्ड नयाँ सरकार गठनको प्रक्रियामा रहेको र सरकार गठनमा ढिलाइ भएको कारण सम्मेलन स्थगित गर्नुपरेको थाइल्यान्डको विदेश मन्त्रालयले जनाएको छ ।


