काठमाडौं ।। नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।