
काठमाडौं । नेपालको पुरुष बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
भटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ ।नेपालको पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।




