
काठमाडौ । बरिष्ठ साहित्यकार हरि मञ्जुश्रीलाई ‘जीवनचन्द्र कोइराला स्रष्टा पुरस्कार -२०८१’ बाट पुरस्कृत गरिएको छ ।
२५ हजार नगद,ताम्रापत्र र दोसल्ला सहित शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले उक्त पुरस्कार प्रदान गरे ।
स्वतन्त्र लेखन,अनुसन्धान,सम्पादन तथा प्रकाशनमा लामो समयदेखि क्रियाशिल हरि मञ्जुश्री विभिन्न पुरस्कार स्थापना गर्ने,साहित्यिक गतिविधिहरु गर्ने कार्यमा निरन्तर लाग्दै आएका छन् ।
पुरस्कृत स्रष्टाका करिव ३ दर्जन कृतिहरु प्रकाशित छन् ।
काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्मा विशिष्ट अतिथिको रुपमा उपस्थित उक्त कार्यक्रमको अध्यक्षता नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा. कुलप्रसाद कोइरालाले गर्नुभएको थियो ।





