
काठमाडौं । बरिष्ठ आख्यानकार रमेश विकलका सम्पूर्ण कथा, उपन्यास र नाटकहरू संग्रह गरिएको ‘रमेश विकल समग्र कथा, उपन्यास र नाटक खण्डका तीन बृहत् ग्रन्थ एक समारोहका बीच लोकार्पण गरिएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठान र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा कृति लोकार्पण गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले यस क्षेत्रको साहित्यिक विकासमा पनि आफू समर्पित भएर लागिपरेको बताए ।
साहित्यकारहरू गोपी मैनाली, प्रा.डा.हेमनाथ पौडेल र शार्दूल भट्टराईले लोकार्पित कृतिमाथि आफ्नो धारणा राखे भने रोचक घिमिरे, ठाकुर शर्मा भण्डारी, विजय चालिसे, राजीव थापालगायतले पनि रमेश विकलको बारेमा बोलेका थिए ।






