काठमाडौ ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
संविधान सभाबाट नेपालका संविधान जारी भएको दिन ९२०७२ असोज ३० लाई राष्ट्रिय रूपमा मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावली लगायतका कार्यक्रम गरी मनाउने आइतबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षबाट संविधान प्राप्त भएकाले संविधान दिवसलाई राज्यस्तरबाट मनाइनुका साथै सबै जाति, समुदाय र भूगोलका जनताले स्वतःस्फूर्त रूपमा दिवस मनाउनुपर्ने बताएका छन् । मन्त्री परिषदको निर्णय अनुसार असोज २ गते काठमाडौंको नारायणहिटी ९दरबारमार्ग० मा सांगीतिक महोत्सव ९नेसनल डे कन्सर्ट० र दिवसका दिन असोज ३ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने ,असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने, सार्वजनिक सवारी साधनहरूमा राष्ट्रिय झन्डा फहराउन आह्वान गर्ने जस्ता कार्यक्रम गरी मनाउने निर्णय भएको र त्यसका लागि विभिन्न समिति ,उपसमितिहरु बनाइएको छ ।

