
काठमाडौंँ । ‘गाईजात्रा’ मौलिक पर्व हो ।यो दिन हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्। उनीहरू वर्षभरिका राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक विकृति, विसङ्गतिप्रति खुलेर व्यङ्ग्यको झटारो हान्छन् । गाईजात्रालाई वाक स्वतन्त्रताको रूपमा रुपमा समेत लिइन्छ ।कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ।
आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ । यो दिनलाई लक्षित गर्दै केही कलाकारले डिजिटलमा गाईजात्रे कोसेली सार्वजनिक गरिरहेका छन् भने कतिपय कलाकार भौतिक रूपमै कार्यक्रम गर्ने तयारीमा छन् । यतिबेला दुई दर्जनभन्दा बढी कलाकार ‘गाईजात्रा’को तयारीमा छन् ।
गाईजात्रा’ कार्यक्रम भन्नासाथ दर्शकलाई प्रज्ञा भवन र सभागृहको याद आउँछ । एक समय यी दुवै स्थानमा गाईजात्रा कार्यक्रम आयोजना हुन्थ्यो । दर्शक महिना दिनसम्म पेट मिचिमिची हाँस्थे ।








