
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएका छन् । आइतबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
उनले विश्वासको मत दिएपनि गलत कुराको विरुद्ध सदैव खवरदारी गरिहने बताएका छन् ।

