
काठमार्डां । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदुत डीन आर थोमसन बिच शिष्टाचार भेट भएको छ ।
आज बिहान प्रधानमन्त्री ओली भेट्न राजदुत थोमसन बालुवाटार पुगेका थिए । दुईपक्षबीच सुमुधुर वार्ता भएको जनाईएको झण्डै असी बर्ष पुरानो मित्रवत सम्बन्धको चर्चा गरेको पनि राजदुतले बताएका छन् ।
दुई पक्ष बीच आगामी दिनमा मिलेर काम गर्ने र सहकार्यलाई सशक्त बनाउँदै लैजाने अमेरिकाको उत्कष्ठ चाहाना भएको राजदुत थोमसनले बताएको ओली निकट स्रोतले जानकारी दिएको छ ।






