
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् ।
उनले मन्त्रिपरिषद्को पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको भन्दै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न भनेका छन् ।


