काठमाडौं । गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक भएको छ ।
डा.बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीतमा नायक शिव श्रेष्ठको अभिनय भएको गीति भिडियो सार्वजनिक भएको हो ।
श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय भएको भिडियोको निर्देशन सुरज तामाँगले गरेका हुन् ।





