काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ ।
जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्ने बताइएको छ ।
यसैगरी ब्याडमिन्टन तर्फ नेपाली खेलाडी प्रिन्स दाहल ले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।




