
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
स्थानीय समय सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाउँदा ६ जनाको मृत्यू भएको विविसिले जनाएको छ ।
क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भको बताएका छन् । राष्ट्रपतिले यस्ता घट्ना हुन नदिन हतियार राख्न कडा कानून बनाउन पनि जोड दिएका छन् ।






