
काठमाडौ । राष्ट्रिय यवा सेवा कोषले युवा वर्ष मोती पुरस्कारको लागि आब्हान गरेको छ ।
प्रत्येृक वर्ष प्रदान गरिंदै आएको उक्त पुरस्कारकोलागि वि.सं२०८१ साल चैत मसान्तसम्म ४० वर्ष ननाघेका इच्छुुक युवा साहित्यकारहरुबाट आवेदन आब्हान गरेको छ । यसको लागि नेपाली भाषा र साहित्यसँग सम्बन्धित संघसंस्थालाई समेत कोषले सहयोगको लागि अनुरोध गरेको छ ।
कोषद्धारा प्रकाशित सूचनामा नेपाली साहित्य सृजनामा संलग्न रही गहनता,मौलिकता ,भाषा तथा शैलीमा नविनता भएका स्तरीय कृति प्रकाशन गरेको,नेपाली भाषा,साहित्यको क्षेत्रमा खोजपूर्ण अनुसन्धान गरेको,साहित्यकारहरुको सम्मान कार्यमा संलग्न रहेको ब्यक्तिले आवेदन दिन सक्ने भनिएको छ । साथै जारी सूचनामा नेपाली भाषा साहित्यको श्रीवृद्धिको साथै संस्थागत समुन्नतिमा अहंम भूमिका खेलेको ,साहित्यिक श्रृँखलाहरुको आयोजनामा स्रष्टाहरुका निम्ति सक्रिय खेली मोतिरामीय प्रवृति अनुसरण गरेको जस्ता कुराहरुलाई आवश्यक योग्यता मानिएको छ ।
पुरस्कारको निम्ति २०८१ साउन ३२ गते ,५ बजेसम्मको आवेदन दिन समय सीमा तोकिएको छ ।








