काठमाडौं । न्याय परिषद्को बैठक आज मंगलबार बस्दै छ ।
बैठकमा न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त छ । त्यस्तै उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन् ।