
हेटौडा ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएका छन् ।
वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री लामालाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
ख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । नव नियुक्त मन्त्रीहरूलाई समेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको उपस्थितिमा शपथग्रहण गराएका छन् ।
नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात छन् भने नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको जनाइएको छ ।


