
काठमाडौ । साहित्यकार इन्द्र कुमार श्रेष्ठ सरित् को नयाँ कृति एक मुठी घाम आज लोकार्पित भएको छ ।
पुतलीसडकस्थित सहारा रेष्टुरेन्टमा आयोजना गरिएको एक कार्यक्रममा साँसद एवं पूर्वमन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यतामा कृति लोकार्पण भएको हो ।

कृतिको बारेमा प्राडा.गोपिन्द्र पौडेल,नारायण तिवारी,डा.शैलजा पोखरेल,डा.पुष्करराज भट्ट र डा. रमेश सुभेच्छुले आ आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशक डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्सले रहेको उक्त लघुकथा संग्रह विगतको राजनीतिक उतारचढावहरुसँग सम्बन्धित विषयवस्तुहरुमाथि लेखिएको बताइएको छ ।










