सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए ।