
काठमाडौं, माघ १६गते । नेपाल जिमन्याष्टिक संघको आयोजनामा १४ औं र्राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता आज शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ क्लबका १ सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । पुरुष÷महिलामा समान ८–८ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने आयोजक संघका उपाध्यक्ष राजकुमार कार्कीले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको जगातीस्थित लिवाली कभर्डहलमा हुनेछ ।






