काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवाका लागि सिफारिस हुनेमा प्रदिपबहादुर क्षेत्री,नारायण रञ्जितकार,अनन्तराम शर्मा र एकनारायण श्रेष्ठ रहेका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक एवं बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशित गरी सो जानकारी दिएका छन् ।