भारतको केरलको वायनाड जिल्लामा मंगलबार गएको पहिरोमा परी एक नेपालीसहित ४५ जनाको मृत्यु भएको छ ।
५० जनालाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । यसैगरी सयौँ मानिस पहिरोमा फसेको अनुमान समेत गरिएको छ ।
राज्यको तर्फबाट उद्दारमा हेलिकप्टर समेत प्रयोग गरिएको छ ।