
काठमाडौं । काठमाडौं टेनिसकी माहिका राणा र बास्केटबलका बिजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिने भएका छन् । कार्यक्रम काजाकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
उनले त्यस अवसरमा शु भकामना मन्तब्य दिदै कार्यक्रमबाट सिकेको ज्ञान नेपाली खेलकुदमा उपयोग गर्नु पर्ने बताए । बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र ओलम्पिक कमिटीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिह गुरुङको पनि उपस्थित थियो ।






