
धुलिखेल। लगातारको भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेलमा पर्ने अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त बाटो हिलोको कारण अवरुद्ध भएको हो ।
धुलिखेल – ८, पुकुचामा बुधबार बिहान सवा ८ बजेदेखि सडकको दुवैतर्फी बन्द भएको प्रहरीको भनाइ छ ।
स्तरोन्नती समयमै नहुँदा यो अबस्था सृजना भएको स्थानीयको गुनासो छ ।



