काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने कार्यक्रम हुने भएको छ ।
राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैबीच, नेकपा (एमाले)ले आज को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।