काठमाडौ । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनले बाल यौन दुरूपयोग गरेको भन्दै सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सुनाएको छ।
१४ वर्षकी हुँदा बमजनले आफूलाई बलात्कार गरेको भन्दै रौतहटकी गंगामाया तामाङले चारवर्षअघि जाहेरी दिएकी थिइन्।
उनको जाहेरीमा अनुसन्धान गरेर प्रहरीले बनाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले यौन सन्तुष्टी प्राप्त गर्न बालिकालाई प्रयोग गरेको अभियोगमा मुद्दा चलाएको थियो। उक्त अभियोग पुष्टी भए बालिका बलात्कारको कसुरमा हुने सजाय हुने कानुनी व्यवस्था छ।
ही मुद्दामा सुनुवाई गर्दै जिल्ला न्यायाधीश जिवनकुमार भण्डारीको इजलासले बमजलाई दोषी ठहर गरेको थियो। सोही इजलासले आज १० वर्ष कैद सजाय र बालिकालाई ५ लाख क्षतिपूर्तिको फैसला सुनाएको हो।