इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा बाम शक्तिहरुबिच एकताको खाँचो रहेको बताउनुभएको छ ।
उहाँले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसका अहिले नेतृत्व गरीरहेका नेताबाट बाम शक्ति एकता हुन नसक्ने भएका कारण नयाँ नेतृत्व सहित बाम एकता गर्न सकिने बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले नीति सिद्धान्तका आधारमा एमालेसंग कार्यगत एकता समेत हुन सक्ने बताउनुभयो ।
खनालले नेकपा एकीकृत समाजवादी समेत पार्टीको नीति र बिधान अनुसार चल्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले अहिलेको सरकारले जनताका काम गर्न नसकेको बताउदै दलहरुबिचको बेमेलका कारण गणतन्त्र कमजोर भएको बेला राजवादी सलबलाउन थालेको
पूर्व प्रधानमन्त्री खनालले नेपालमा संबैधानिक राजा फर्कने कुनै आधार नरहेका कारण राजावादी आन्दोलन र राजा फर्कने भ्रममा नर्पन समेत आग्रह गर्नुभयो । खनालले सूर्योदय नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र आगामी रणनीति बारे अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुभएको छ ।