काठमाडौं । विश्वप्रसिद्ध वन्यजन्तु संरक्षक बेलायतका डा. जान गूदल्लले स्वयम्भू भ्रमणको बेला बाँदर हरुलाई बाहिरका खान नखुवाउन सल्लाह दिनु भयो।तान्जानियामा चिन्पान्जी सम्बन्धि ६८ बर्ष देखि अध्ययन अनुसन्धान गर्दै आउनु भएकी ९० बर्षीय गूदल्ल बाहिरका खानाबाट बाँदरहरु लाई छालासम्बन्धि रोगत लाग्ने नै भयो अरु पनि समस्या हुन् सक्दछ भनि जानकारी दिनु भयो।
हाल स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जापान का प्राध्यापक डा.काजुए फुजिवारा को प्राबिधिक अगुवाइमा बिगत २०८० देखि स्वयम्भूको धार्मिक वनको संरक्षण र रूख हरु को पुनर्स्थापन गर्ने अभियानमा मियावाकी वन पुनर्जागरण कार्यमा डा. गूडल्ल आफै पनि संग्लग्न रहनु भएका कारण आज उहाँ स्वयम्भू मा भैरहेको मियावाकी पद्दति को संरक्षण स्थल मा आउनु भई स्थलगत निरीक्षण गर्नु भयो।
महासमितिका सह कोषाध्यक्ष प्रा डा. केशब श्रेष्ठले स्वागत गर्नुहुदै वृक्षारोपण स्थलको बारे जानकारी गराउनु भयो र स्वयम्भू मा उहाँ को संग्लग्नता का लागि धन्यबाद पनि दिनु भएको सो अवसरमा दी जान गूदल्ल नेपाल कि अध्यक्ष श्रीष्टि भण्डारीले भविष्य को कार्यक्रम बारे बताउनु भएको थियो ।
सन् १९६० मा तान्जानिया मा चिन्पान्ज़ी को संरक्षण मा लाग्दा आइपरेका घटना बारे स्मरण गर्दै डा. गूदल्ल ले त्यहाँ जनसंख्या र जलबायु परिबर्तनका कारण चिन्प्यान्ज़ी हरु खतरा मा पर्दै गर्दा पनि संरक्षण प्रयासमा स्थानीय को साथ पाएकोमा चिन्पान्जीको जनसंख्या स्थिररहेको तर वन खण्डित भएको प्रति चिन्ता ब्यक्त भयो ।
बिश्वका ७० देशमा जान गूदल्लले आफ्नो सस्था खोलि बन्यजन्तु संरक्षण मा योगदान गर्दै आएकोमा नेपाल पनि एक सदश्य भएकोले भविष्यमा पनि नेपाल आउने बटाउनु हुन्छ।