काठमाडौ । काठमाडौमा हैजाका बिरामी भेटिएका छन् । दुई हप्ताअघि झाडापखालाबाट गंम्भिर भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टेकुमा भर्ना भएका एक पुरुषमा परीक्षणको क्रममा हेजा संक्रमण पुष्टि भएको हो ।
यसैगरी यो मौसममा झाडापखालाका बिरामीको संख्या अस्पतालहरुमा बढ्दो छ । जसको कारण हैजाको जोखिम पनि बढ्न सक्छ । शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ एवं रिसर्च युनिटका प्रमुख डा.शेरबहादुर पुनका अनुसार बर्षातको मौसम भएकोले हामीले खानेपानीको मुहान तथा खानेपानी आउने धारामा ढल मिसिन सक्ने जोखिम धेरै हुँदा यसले पनि यो समय झाडापखाला र हैजाको जोखिम धेरै हुन्छ । त्यसैले खानेपानी र खानेकुराको सरसफाईमा विशेष ख्याल गर्न उनको आग्रह छ ।
डा.पुन हैजाबाट बच्नको लागि दुषित पानी नपिउन सुझाउँछन् ।सडेगलेका बासी खानेकुरा नखान,पानी उमालेर पिउन उनको सल्लाह छ । यसैगरी खुलास्थानमा राखिएका खानेकुरा र फलफूलबाट पनि हैजाको किटाणु मानिसको शरीरमा पस्ने हुँदा त्यस्तो कुराहरु खान नहुनेमा डा.पुनले सुझाएका छन् ।