काठमाडौं । विजय सिंजालीले जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका छन्।
आइतबार बिहान सम्पन्न पुरुष जेन्सुतर्फ सिंजालीले ९.६३६ अंक प्राप्त गर्दै कास्य प्राप्त गरेको कुरा ईखबर नेट लाई उशुसघ का अध्यक्ष् बिर बाहादुर तामाङ ले बताए। सो स्पर्धामा मलेसियाका वेन सन वङले स्वर्ण र जापानका मोटो योसीले रजत पदक जिते। सिंजालीले चाईनामा १८औं र १९औं एसियन अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता कास्य पदक जितेका खेलाडी पनि हुन्।यस्का साथै १३औं सागमा स्वर्ण पदक र १०औं राष्ट्रिय गेम्समा स्वर्ण पदक जितेका उनले रियादमा भएको वर्ल्ड उसु कमब्याट गेम्समा पनि स्वर्ण पदक जितेका छन्।