काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
भारतको लोकसभा निर्वाचन सम्पन्न भएर अन्तिम परिणाम सार्वजनिक भएसँगै आफ्ना समकक्षी मित्रराष्ट भारतका प्रधानमन्त्री मोदीसँग फोन गरेर सफलतासाथ निर्वाचन सम्पन्न भएको र मोदी निर्वाचित भएकोमा बधाई दिन प्रधानमन्त्री दाहालले फोन गरेका हुन् । यसै फोनवार्तामा दुईपक्षिय आपसी सम्बन्ध र हीतको बारेमा समेत कुराकानी भएको बताइएको छ । जवाफमा न्यानो शुभकामनाको लागि मोदीले प्रचण्डलाई धन्यवाद दिएका छन् । आगामी दिनमा दुईदेशबिचको सम्बन्ध अझै सुदृढ हुँदै जाने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।