बागलुँग । सहकारी ठगी अभियोग लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।
जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अदालतले कारागार चलान गर्ने आदेश दिएसँगै नेपालीलाई जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्सपेक्टर केशव थापाले जानकारी दिए ।
उनका अनुसार अदालतले नेपालीका भाई ओमबहादुर दर्जीलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
केही समयदेखि फरार रहेका उनलाई दिल्लिमा पक्राउ गरिएको थियो । मेयर नेपाली आफू अध्यक्ष रहेर पोखरा र बागलुङमा छुट्टा छुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। उनले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताउँदै आएका छन्।






