
काठमाडौं, माघ २४ गते । आयोजक जेबी स्कुल दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनोअन्तरले पराजित ग¥यो । जेबीका गौरव ओलीले १० अंक जोडे । पहिलो खेलमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले हराएको थियो ।
जुनियर ब्वाइजमै ओएसिस् एकेडेमीले आरम्भलाई २०–१० ले पाखा लगायो । ओएसिस्का विनय डंगोलले ८ स्कोर गरे । दोश्रो खेलमा ओएसिस्को पहिलो जित हो ।
सिनियर गल्र्समा भ्याली पब्लिकले त्रिवेणीलाई ३८–२० ले पन्छायो । भ्याली पब्लिककी सेलिना गुरुङले १७ अंक जोडिन् । भ्याली पब्लिक क्वाटरफाइनलमा पुगेको छ भने लगातार दोश्रो हारसंगै त्रिवेणी प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले सत्य साइमाथि ३०–२० को जित दर्ता ग¥यो । बीएनएकी आकृति यादवले ९ स्कोर गरिन् ।






