
काठमाडौँ । पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ ।
फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्।भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर यो लक्ष्य हासिल गरेको थियो ।भारतका लागि करुणा के ले २७ बलमा सर्वाधिक ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाइन्, जसमा चार चौका पनि समावेश छन् ।






