
काठमाडौं, भदौ ११ गते । तेश्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगितामा जुनियर र क्याडेट पुरुष÷महिलातर्फ ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएका छन् ।शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भइरहेको प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबारसम्म जारी रहने कोषले बताएको छ ।





