काठमाडौँ, ३० जेठ । आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निब्ससंगै भ्याली पब्लिक ‘ए’ र ‘बी’, लालीगुराँस नेसनल एकेडेमी, न्युटन, फेरिल्यान्ड, हिमशिला र ग्रिनल्यान्डले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
ब्वाइजमा भ्याली पब्लिक, क्यान्भास बसन्त ऋतु, स्किब्स ‘ए’, टिम हसल, लालीगुराँस ‘ए’ र ‘बी’, फेरिल्यान्ड, हिमशिला, बीएमसीए, ग्रिनल्यान्ड, पारामाउन्ट एकेडेमी, नेसनल युनाइटेड, जेबी स्कुल, स्पोर्ट्स जोन, न्युटन तथा मन्जरीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।
ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम गरी ३६ टिम सहभागी छन् । दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।