
काठमाडौं । नेपाल उसु महासंघले राष्ट्रिय खेलाडी शिवराज सुनारी मगरलाई आर्थिक सहयोग गरेको छ । धनगढीमा भएको उसुको राष्ट्रिय डिप्लोमा कोर्स तथा राष्ट्रिय निर्णायक सेमिनार २०८२ को समापन समारोहको दौरान महासंघले खेलाडी सुनारीलाई ३५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष बीर बहादुर तामाङ र महासचिव ल्हाक्पा छिरिङ लामाले छोटो समयको पयास बाट सन्कलित रकम सुनारीलाई हस्तान्तरण गरेका हुन् ।
सुदुरपश्चिम प्रदेशका प्रतिभावान उसुका राष्ट्रिय खेलाडी सुनारीको बुबा भारतको बेङ्गलोरमा काग गर्ने शिलशिलामा एक्कासी बेहोस भई ढलेपछि बेङ्गलोरकै एक अस्पतालमा उपचाररत रहेको बताइएको छ ।
आर्थिक सहयोग गर्नेहरुमा महासंघका अध्यक्ष बीर बहादुर तामाङ (५ हजार), उपाध्यक्ष दुश्यान्त वस्नेत (५ हजार), उपाध्यक्ष नारायण गिरि (२ हजार), महासचिव ल्हाकपा छिरिङ लामा (५ हजार), सचिब गोविन्द बहादुर शाहि (२ हजार), सचिव निकेश श्रेष्ठ (२ हजार), कोषाध्यक्ष लानम लामा (४ हजार), सदस्य दिपक कुमार तामाङ (५ हजार), सदस्य दिपलाल लामा (५ हजार) रहेका छन् ।







