शनिबार बिहान पाराग्वेलाई ४– १ गोलले हराउँदै प्रतियोगितामा ब्राजिलले पहिलो जित निकालेको हो।
आजको जितसँगै ब्राजिलको क्वाटरफाइनल सम्भावना बलियो भएको छ।पाराग्वेविरूद्ध ४– १ को जितमा ब्राजिलले पहिलो हाफमा ३ गोल गरेको थियो।३५ औं मिनेटमा भिनिसियस जुनियरले पहिलो अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा साभियो मोरेराले अग्रता दोब्बर पारे। पहिलो हाफको अतिरिक्त समयको पाचौं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३ –0 को अग्रता दिलाएका थिए।
४८ औं मिनेटमा पाराग्वेका ओमार एल्डरेटले गोल फर्काएका थिए।
६५ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमार्फत गोल निर्णायक भएपछि ब्राजिल ४–१ विजयी भएको हो।